१९ भाद्र २०८३, शुक्रबार

अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्तावसहित प्रतिनिधिसभा बैठक आज

ड्रागन मिडिया समाचार कक्ष

सङ्घीय संसदको प्रतिनिधिसभा बैठक आज बिहान ११ः०० बजे बस्दैछ। सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा अर्थसम्बन्धी विधेयक र शोक प्रस्ताव प्रस्तुत गरिनेछ।

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य गोपालमान श्रेष्ठको निधनप्रति शोक व्यक्त गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ।

यसैबीच, राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक पनि आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा ‘सङ्घीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने समिति सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button