बैङ्किङ कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ

ड्रागन मिडिया समाचार कक्ष
बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा फरार चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत संलग्न रहेको बैङ्किङ कसुरसम्बन्धी प्रकरणमा अनुसन्धान अघि बढाएको केन्द्रीय अनुसन्धान ब्यूरोले उनीहरूलाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा बैतडीकी रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र श्रेष्ठ तथा रूपन्देहीका शिशिर पौडेल रहेका छन्।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका चारै जनामाथि बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।





