१९ भाद्र २०८३, शुक्रबार

संघीयतामा विधायिकी अन्तरसम्बन्धबारे राष्ट्रियसभा समितिमा छलफल हुँदै

ड्रागन मिडिया समाचार कक्ष

संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ। समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्ने तय भएको छ।

बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्ध : नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयक अभिमुखीकरण कार्यक्रमका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ।

अभिमुखीकरण कार्यक्रममा संघ, प्रदेश र स्थानीय तहबीच कानुन निर्माणका क्रममा कायम हुनुपर्ने समन्वय, हालसम्मका अभ्यास तथा देखिएका चुनौतीबारे विचारविमर्श हुने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button