१९ भाद्र २०८३, शुक्रबार

कप्तानगञ्ज घटनामा मृतक सङ्ख्या दुई पुग्यो, जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु

ड्रागन मिडिया समाचार कक्ष

सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर गम्भीर घाइते भएका जयप्रकाश मेहताको उपचारका क्रममा मृत्यु भएको छ। उनको मृत्युसँगै घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।

पेटमा गोली लागेका २१ वर्षीय जयप्रकाशको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो। भेन्टिलेटरमा राखेर उपचार गराइरहेका उनको सोमबार पेटको शल्यक्रिया गरिएको थियो। उपचार जारी रहेकै अवस्थामा उनको मृत्यु भएको हो।

आइतबार राति भएको घटनामा गोली लागेका ओमप्रकाश मेहताको यसअघि नै मृत्यु भइसकेको थियो। उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पुर्‍याइएका ओमप्रकाशलाई चिकित्सकले सोही रात मृत घोषणा गरेका थिए।

जयप्रकाश र ओमप्रकाश दुवैको शव अस्पतालमा राखिएको छ।

घटनामा गोली लागेर घाइते भएका अन्य आठ जनाको विराटनगरस्थित न्यूरो अस्पताल, विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button