१७ भाद्र २०८३, बुधबार

धनुषाको सबैलामा ४५ वर्षीय पुरुष मृत फेला

ड्रागन मिडिया सम्वाददाता

धनुषाको सबैला नगरपालिका–१२ स्थित रघुनाथपुर नहरचोकमा शुक्रबार बिहान एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मृत फेला पर्नेमा अन्दाजी ४५ वर्षीय बन्ठु गडेरी रहेका छन्।

धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले गडेरी अविवाहित रहेको प्रारम्भिक जानकारी प्राप्त भएको र घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभएको छ।

प्रहरीका अनुसार गडेरीको शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ। उनको मृत्युको कारण खुल्न बाँकी रहेको र घटनास्थल तथा अन्य आवश्यक पक्षमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button