१९ भाद्र २०८३, शुक्रबार

कर्फ्यु जारी रहेसम्म जयनगर–जनकपुर–भंगहा रेल सेवा बन्द

ड्रागन मिडिया सम्वाददाता

धनुषामा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि जयनगर–जनकपुर–भंगहा रेलखण्डको सेवा बन्द गरिएको छ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले शुक्रबार सूचना जारी गर्दै कर्फ्यु आदेश कायम रहेसम्म उक्त रेलखण्डमा रेल सेवा सञ्चालन नहुने जनाएको छ।

कम्पनीका निमित्त प्रशासन प्रमुख अजयकुमार सिंहद्वारा जारी सूचनामा जिल्ला प्रशासन कार्यालय धनुषाले बिहीबार पठाएको पत्र र प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशअनुसार यात्रुको सुरक्षालाई ध्यानमा राखेर रेल सेवा स्थगित गरिएको उल्लेख छ।

कर्फ्यु हटेपछि रेल सेवा पुनः सञ्चालन गरिने कम्पनीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button