१९ भाद्र २०८३, शुक्रबार

राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश

ड्रागन मिडिया सम्वाददाता

सप्तरीको सदरमुकाम राजविराज नगरपालिकाका विभिन्न क्षेत्रमा शुक्रबार बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लामा शान्ति सुरक्षा कायम गर्न जिल्ला सुरक्षा समितिको निर्णयअनुसार कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाद्वारा जारी आदेशअनुसार राजविराज नगरपालिकाभित्र पूर्वमा खाँडो खोला, पश्चिममा हुलाकी राजमार्गको जुडनी–ढलही, उत्तरमा रूपनी सडकको बसबिट्टी चोक र दक्षिणमा कोशी पश्चिम मूल नहर तथा विष्णुपुर गाउँपालिकाको सीमासम्म कर्फ्यु लागू गरिएको छ।

कर्फ्यु जारी गरिएको क्षेत्रमा अत्यावश्यक सेवाबाहेक आवतजावत, भेला, जुलुस, सभा तथा प्रदर्शन गर्न रोक लगाइएको छ। प्रशासनले शान्ति सुरक्षा कायम गर्न जारी आदेशको पालना गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button