राष्ट्रियसभा बैठक आज, दुई मन्त्रीले सांसदका प्रश्नको उत्तर दिने

ड्रागन मिडिया सम्वाददाता
संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो सवा १ बजे सिंहदरबारमा बस्दैछ।
संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा गृहमन्त्री सुधन गुरुङ र शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले सोधेका मौखिक प्रश्नको उत्तर दिनुहुनेछ।
बैठकमा राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ।
राष्ट्रियसभा अध्यक्षले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्व सदस्य तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।





