राष्ट्रिय प्रतिरक्षा र सशस्त्र बलको उच्च गुणस्तरीय आधुनिकीकरण अघि बढाउन सीको आह्वान

ड्रागन मिडिया समाचार कक्ष
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव सी जिनपिङले राजनीतिक मार्गदर्शन सुदृढ गर्दै नवप्रवर्तनद्वारा सञ्चालित विकासलाई गहन बनाउन आह्वान गर्नुभएको छ।
उहाँले राष्ट्रिय प्रतिरक्षा र सशस्त्र बलको उच्च गुणस्तरीय आधुनिकीकरणलाई थप प्रभावकारी रूपमा अघि बढाउन राजनीतिक नेतृत्व र प्राविधिक नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको हो।
सीपीसी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको बिहीबार आयोजित सामूहिक अध्ययन सत्रको अध्यक्षता गर्दै सीले उक्त धारणा राख्नुभएको हो।





