१९ भाद्र २०८३, शुक्रबार

दक्षिण चीन समुन्द्रमा डुबेको भियतनामी जहाजका एकजनाको शव फेला, ४८ जनाको उद्धार

ड्रागन मिडिया समाचार कक्ष

दक्षिण चीन समुन्द्रमा डुबेको भियतनामी झन्डावाहक ‘खोई न्गुएन–१८’ जहाजमा सवार एकजनाको शव फेला परेको छ भने ४८ जना चालकदलका सदस्यलाई सुरक्षित उद्धार गरिएको छ।

भियतनामको स्थानीय सञ्चारमाध्यम थान निएनले विदेश मन्त्रालयकी प्रवक्ता फाम थु हाङलाई उद्धृत गर्दै शुक्रबार जनाएअनुसार भियतनाम र चीनका अधिकारीहरूको समन्वित उद्धार प्रयासपछि ४८ जना चालकदलका सदस्यलाई बुधबार सुरक्षित रूपमा किनारमा ल्याई परिवारसँग पुनर्मिलन गराइएको थियो।

प्रवक्ता हाङले हराइरहेका बाँकी व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको जानकारी दिनुभएको छ। उहाँले उद्धार अभियानमा सक्रिय सहयोग गरेकामा चीन र फिलिपिन्सप्रति धन्यवाद व्यक्त गर्नुभएको छ।

भियतनामी झन्डावाहक जहाजमा ६२ जना सवार थिए। प्रतिकूल मौसमबीच दक्षिण चीन समुन्द्रस्थित नान्सा द्वीपसमूहको योङ्सु चट्टान नजिक सञ्चालनमा रहेको बेला जहाज डुबेको थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button