१९ भाद्र २०८३, शुक्रबार

जापानको नीतिगत ब्याजदर १ प्रतिशतमा यथावत

ड्रागन मिडिया समाचार कक्ष

बैंक अफ जापानले नीतिगत ब्याजदर १ प्रतिशतमा यथावत राख्ने निर्णय गरेको छ।

दुईदिने मौद्रिक नीति बैठकपछि शुक्रबार बैंकको नीति बोर्डले ८–१ को बहुमतबाट धितोरहित रातभरको कल दर करिब १ प्रतिशतमा कायम राख्ने निर्णय गरेको हो। असहमत सदस्यले ब्याजदर १.२५ प्रतिशतमा बढाउन प्रस्ताव गर्नुभएको थियो।

बैंक अफ जापानले मार्च २०२४ मा ऋणात्मक ब्याजदर नीति अन्त्य गरेपछि क्रमिक रूपमा ब्याजदर बढाउँदै आएको छ। त्यसयता बैंकले पाँचपटक दर वृद्धि गरिसकेको छ।

बैंकले गत जुनमा अल्पकालीन नीतिगत ब्याजदर ०.७५ प्रतिशतबाट बढाएर १ प्रतिशत पुर्‍याएको थियो। बैंक अफ जापानका अनुसार जुन १७ देखि पूरक निक्षेप सुविधामा लागू हुने ब्याजदर पनि १ प्रतिशत कायम छ।

मार्च २०२४ मा नीतिगत दर करिब शून्यदेखि ०.१ प्रतिशतमा कायम गरिएको थियो। त्यसपछि जुलाई २०२४ मा ०.२५ प्रतिशत, जनवरी २०२५ मा ०.५ प्रतिशत, डिसेम्बर २०२५ मा ०.७५ प्रतिशत र जुन २०२६ मा १ प्रतिशत पुर्‍याइएको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button