रुसी सेनाद्वारा किएभको ड्रोन उत्पादन केन्द्र र इभानो–फ्राङ्किभ्स्कको उद्योगमा आक्रमण

ड्रागन मिडिया समाचार कक्ष
रुसी सशस्त्र बलले किएभस्थित टोही तथा आक्रमणकारी मानवरहित हवाई सवारी उत्पादन गर्ने एउटा उद्योगमा आक्रमण गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त उद्योगमा बहुरोटर प्रणालीमा आधारित ड्रोनसहित विभिन्न प्रकारका टोही तथा आक्रमणकारी ड्रोन उत्पादन हुँदै आएका थिए।
रुसी सेनाले इभानो–फ्राङ्किभ्स्क क्षेत्रमा रहेको ‘नेफ्तेमास’ कम्पनीको उद्योगमाथि पनि आक्रमण गरेको मन्त्रालयले जनाएको छ। उक्त कम्पनी ‘फ्लेमिङ्गो’ क्रुज मिसाइल उत्पादन प्रक्रियामा संलग्न रहेको रुसी पक्षको दाबी छ।
आक्रमणबाट भएको क्षति तथा सम्भावित मानवीय प्रभावबारे विस्तृत विवरण सार्वजनिक गरिएको छैन। युक्रेनी पक्षबाट पनि रुसी रक्षा मन्त्रालयको दाबीबारे तत्काल औपचारिक प्रतिक्रिया आएको छैन।





