१७ भाद्र २०८३, बुधबार

मोरङमा एक हजार किलोभन्दा बढी गाँजासहित युवक पक्राउ

ड्रागन मिडिया समाचार कक्ष

मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङ रहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

इलाका प्रहरी कार्यालय सिजुवासहितको प्रहरी टोलीले शनिबार उर्लाबारीबाट आमबारीतर्फ जाँदै गरेको को १ ख ४३७३ नम्बरको मिनिट्रक जाँच गरेको थियो।

जाँचका क्रममा ट्रकमा राखिएका ३१ वटा पोकाबाट उक्त परिमाणको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई नियन्त्रणमा लिएर गाँजा ओसारपसारमा संलग्न अन्य व्यक्तिबारे थप अनुसन्धान अघि बढाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button