बूढानीलकण्ठबाट फरार कैदी कर्मा तामाङ पक्राउ, खुट्टामा लाग्यो प्रहरीको गोली

ड्रागन मिडिया समाचार कक्ष
प्रहरीले काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार आइतबार बिहान करिब २ बजे तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको थियो।
खुट्टामा गोली लागेका तामाङको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन।
प्रहरीले तामाङ चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको आरोपमा खोजी सूचीमा रहेको जनाएको छ।
कैद सजाय भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।





