१९ भाद्र २०८३, शुक्रबार

जनकपुरधामका प्रमुख मन्दिरमा गृहमन्त्री गुरुङको दर्शन तथा पूजापाठ


ड्रागन मिडिया समाचार कक्ष

गृहमन्त्री सुदन गुरुङले जनकपुरधामस्थित जानकी मन्दिरसहित विभिन्न धार्मिक स्थलमा दर्शन तथा पूजापाठ गरेका छन्।

शनिबार जनकपुरधाम पुगेका गृहमन्त्री गुरुङले आइतबार बिहान जानकी मन्दिर, राम मन्दिर र राजदेवी मन्दिरमा पुगेर पूजापाठ गरेका हुन्।

सुनसरीको घटनापछि तराईका विभिन्न क्षेत्रमा धार्मिक तथा सामुदायिक तनाव बढेकाले शान्ति, सद्भाव र सुरक्षा अवस्थाबारे छलफल गर्न उनी जनकपुरधाम पुगेका हुन्।

गृहमन्त्री गुरुङले शनिबार विभिन्न हिन्दुवादी संघसंस्थाका प्रतिनिधिसँग वार्ता गरेका थिए। वार्तामा पछिल्लो अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय र तनाव न्यूनीकरणका विषयमा छलफल भएको जनाइएको छ।

उनले सबै पक्षलाई संयम अपनाउन, उत्तेजक गतिविधिबाट टाढा रहन र सामाजिक तथा धार्मिक सद्भाव कायम गर्न सहयोग गर्न आग्रह गरेका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button