१९ भाद्र २०८३, शुक्रबार

श्रीलंकामा साप्ताहिक डेंगु संक्रमण १८ प्रतिशतले घट्यो

ड्रागन मिडिया समाचार कक्ष

श्रीलंकामा अघिल्लो साताको तुलनामा डेंगु संक्रमणका बिरामी १८ प्रतिशतले घटेका छन्।

राष्ट्रिय डेंगु नियन्त्रण एकाइले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष हालसम्म देशभर ८५ हजार ३६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने ६२ जनाको मृत्यु भएको छ।

गम्पाहा, कोलम्बो र क्यान्डी जिल्लामा अझै पनि सबैभन्दा धेरै संक्रमणका घटना दर्ता भइरहेका छन्।

डेंगु नियन्त्रण एकाइले कक्षा पाँचको छात्रवृत्ति परीक्षा र जनरल सर्टिफिकेट अफ एजुकेसन एडभान्स्ड लेभल परीक्षा सञ्चालन हुने विद्यालयमा परीक्षा शुरु हुनुअघि लामखुट्टे नियन्त्रण कार्यक्रम सञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

परीक्षा केन्द्रका रूपमा प्रयोग हुने विद्यालय परिसर, कक्षाकोठा र आसपासका क्षेत्रमा लामखुट्टेको प्रजननस्थल नष्ट गर्न तथा सरसफाइमा विशेष ध्यान दिन पनि आग्रह गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button