१९ भाद्र २०८३, शुक्रबार

जापानमा ७६ प्रतिशत नागरिक तीन गैरआणविक सिद्धान्त कायम राख्ने पक्षमा

ड्रागन मिडिया समाचार कक्ष

जापानका ७६ प्रतिशत नागरिकले आणविक हतियार नराख्ने, उत्पादन नगर्ने र देशभित्र ल्याउन अनुमति नदिने तीन गैरआणविक सिद्धान्त कायम राख्नुपर्ने धारणा व्यक्त गरेका छन्।

क्योदो समाचार संस्थाले आइतबार सार्वजनिक गरेको राष्ट्रिय जनमत सर्वेक्षणअनुसार अधिकांश जापानी नागरिकले देशको लामो समयदेखिको गैरआणविक नीतिलाई निरन्तरता दिन समर्थन गरेका हुन्।

जापान सरकारले गत अप्रिलमा दशकौँदेखि कायम घातक हतियार निर्यातसम्बन्धी प्रतिबन्ध हटाउने निर्णय गरेको विषयमा पनि सर्वेक्षणमा नागरिकको धारणा लिइएको थियो।

सर्वेक्षणमा सहभागी ३६ प्रतिशतले मित्रराष्ट्रलाई समेत गैरघातक सैन्य उपकरण मात्र निर्यात गर्नुपर्ने बताएका छन्। अन्य ५३ प्रतिशतले घातक हतियार निर्यातमाथिको प्रतिबन्ध कायमै राख्नुपर्ने वा सरकारले आफ्नो नयाँ नीति पुनर्विचार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

जापान एसोसिएसन फर पब्लिक ओपिनियन रिसर्चले सञ्चालन गरेको सर्वेक्षणमा १८ वर्ष वा त्यसभन्दा माथिका तीन हजार नागरिकलाई समेटिएको थियो।

क्योदो समाचार संस्था र त्यसका सदस्य संस्थाले गठन गरेको राष्ट्रिय जनमत सर्वेक्षण सङ्गठनले जुन र जुलाई महिनामा उक्त सर्वेक्षण सञ्चालन गरेको हो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button