१७ भाद्र २०८३, बुधबार

नाम्सी नयाँ पुल क्षेत्रमा ढुङ्गा खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी

ड्रागन मिडिया समाचार कक्ष

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नाम्सी नयाँ पुल क्षेत्रमा आज बिहान ढुङ्गा खस्दा यातायात सेवा प्रभावित भएको छ।

सडकमा खसेका ढुङ्गाका कारण हाल सवारीसाधन एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार अवरोध हटाएर सडक पूर्ण रूपमा सञ्चालन गर्ने काम शुरु गरिएको छ। माथिबाट थप ढुङ्गा नखसे केही समयभित्र सडक सफा गर्न सकिने उहाँले बताउनुभएको छ।

सडकखण्ड पहिरो तथा ढुङ्गा खस्ने जोखिममा रहेकाले यात्रा गर्दा सावधानी अपनाउन प्रहरीले चालक र यात्रुलाई आग्रह गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button