१९ भाद्र २०८३, शुक्रबार

सिभिल अस्पतालमा टिकट प्रणाली अवरुद्ध, बिहानैदेखि लाइनमा बसेका सेवाग्राहीको नाराबाजी

ड्रागन मिडिया समाचार कक्ष

निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल)मा टिकट वितरण प्रणाली अवरुद्ध भएपछि बिहानैदेखि लाइनमा बसेका सेवाग्राहीले आक्रोश व्यक्त गर्दै केहीबेर नाराबाजी गरेका छन्।

अस्पतालमा स्वास्थ्य जाँचका लागि टिकट लिन बिहान ४ बजेदेखि नै बिरामी तथा उनीहरूका आफन्त लाइनमा बसेका थिए। तर प्रणालीमा समस्या आएको भन्दै निर्धारित समयमा टिकट वितरण शुरु नभएपछि सेवाग्राही तनावमा परेका हुन्।

टिकटका लागि लाइनमा बसेका बारा निजगढका दामोदर मैनालीका अनुसार सामान्यतया बिहान ७ बजेदेखि टिकट वितरण हुने गरे पनि आज लामो समयसम्म सेवा शुरु भएको थिएन।

टिकट वितरणमा ढिलाइ भएपछि केही सेवाग्राहीले अस्पताल प्रशासनविरुद्ध नाराबाजीसमेत गरेका थिए।

अस्पताल प्रशासनले टिकट प्रणालीमा आएको प्राविधिक समस्या समाधान गरी सेवा सञ्चालन गर्ने प्रयास भइरहेको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button