१७ भाद्र २०८३, बुधबार

नेपाल–रुस व्यापारिक तथा आर्थिक सहकार्य विस्तारबारे छलफल

ड्रागन मिडिया समाचार कक्ष

नेपालका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव र नेपालका लागि रुसी राजदूत ए.भी. सुरोवत्सेभबीच द्विपक्षीय व्यापारिक तथा आर्थिक सहकार्य विस्तारबारे छलफल भएको छ।

नेपालस्थित रुसी दूतावासका अनुसार गत साता भएको भेटवार्तामा नेपाल र रुसबीच व्यापार, आपूर्ति तथा आर्थिक साझेदारीका सम्भावित क्षेत्रलाई थप सक्रिय बनाउने विषयमा विचारविमर्श गरिएको थियो।

भेटका क्रममा रुसी दूतावासले द्विपक्षीय व्यापारिक तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्न सकिने विभिन्न क्षेत्रसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउन नेपाली पक्षसँग अनुरोध गरेको छ।

दुवै देशबीच उपलब्ध व्यापारिक सम्भावना पहिचान गर्ने, सम्बन्धित निकाय र व्यवसायीबीच सम्पर्क विस्तार गर्ने तथा पारस्परिक हितमा आधारित आर्थिक साझेदारी अघि बढाउने उद्देश्यले सूचनाको आदानप्रदान महत्त्वपूर्ण हुने रुसी पक्षको धारणा रहेको छ।

नेपाल र रुसबीच लामो समयदेखि कूटनीतिक सम्बन्ध कायम रहे पनि द्विपक्षीय व्यापारको परिमाण सीमित रहेको सन्दर्भमा पछिल्लो संवादलाई आर्थिक सम्बन्धलाई व्यावहारिक सहकार्यतर्फ विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button