१९ भाद्र २०८३, शुक्रबार

याकुतियाका विक्टर सोफ्रोनोभलाई ‘रुसका वीर’ उपाधि


ड्रागन मिडिया समाचार कक्ष

रुसको साखा गणराज्य अर्थात याकुतियाका विक्टर सोफ्रोनोभलाई देशको सर्वोच्च सम्मानमध्ये एक ‘रुसका वीर’ उपाधि प्रदान गरिएको छ।

रुसी सरकारी समाचार संस्था तासका अनुसार याकुतियाका प्रमुख आइसेन निकोलायेभले ‘म्याक्स’ सामाजिक सञ्जालमार्फत सोफ्रोनोभलाई उक्त उपाधि प्रदान गरिएको जानकारी दिनुभएको हो।

निकोलायेभका अनुसार विशेष सैन्य अभियान शुरु भएयता याकुतियाबाट ‘रुसका वीर’ उपाधि प्राप्त गर्ने सोफ्रोनोभ १३औँ व्यक्ति बन्नुभएको छ।

उहाँलाई उपाधि प्रदान गरिएको औपचारिक निर्णय, सैन्य जिम्मेवारी र योगदानसम्बन्धी थप विवरण भने प्रारम्भिक सूचनामा सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button