बाढी पीडितलाई चिनियाँ कम्युनिष्ट पार्टीले पठायो राहत

चिनियाँ कम्युनिस्ट पार्टीले हालैको बाढीपहिरो र डुबान पीडितलाई राहत सामाग्री पठाएको छ । जनआस्था अनलाइनका अनुसार राहत सामाग्री काठमाडौंको टेकूस्थित महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय हातामा सर्वदलीय भेला जुटाएर हस्तान्तरण गर्न लागिएको बुझिएको छ।

यसैवीच चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालमा बाढीपहिरोले हालै पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै सान्त्वना सन्देश दिनुभएको छ । उहाँले समकक्षी तथा परराष्ट्रमन्त्री डा. आरजू राणालाई पठाउनुभएको सन्देशमा छिमेकी चीन दुःखको बेला नेपालको आवश्यकताबमोजिम प्रकोप पीडितहरुको उद्धारका लागि तयार रहेको बताउनुभएको छ।

यसअघि चिनियाँ रेडक्रस सोसाइटीले बाढी पीडितहरुको सहयोगार्थ नेपाल सरकारलाई एक लाख अमेरिकी डलर आर्थिक सहयोग गरिसकेको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले उक्त रकम बराबरको चेक अस्ति गृहमन्त्री रमेश लेखकलाई सिंहदरबारस्थित गृह मन्त्रालयमा पुगेर हस्तान्तरण गर्नुभएको थियो।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button