सम्पूर्ण प्रक्रियागत प्रजातन्त्र चीनले दुई चमत्कार सिर्जनाको महत्वपूर्ण प्रत्याभूति

“७५ वर्षयता हाम्रो पार्टीले देशका सबै जातीय जनतालाई एकताबद्ध र नेतृत्व गरेर अर्थतन्त्रको तीव्र विकास र समाजको दीर्घकालीन स्थिरतालगायत दुई चमत्कारको सिर्जना गरेको छ।” केही दिनअघि आयोजित जन गणतन्त्र चीन स्थापनाको ७५औँ वार्षिकोत्सव समारोहमा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले यसरी भन्नुभयो।

चीनले उपलब्धि हासिल गर्ने कारणबारे धेरै अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले प्रजातान्त्रिक राजनीति र राष्ट्रिय शासनको प्रभावकारिताको दृष्टिकोणबाट विश्लेषण र विचार गरेका छन्। ७५ वर्षको विकामा चिनियाँ शैलीको प्रजातन्त्र प्रमुख राष्ट्रिय नीतिको तर्जुमा मात्र होइन, सर्वसाधारणको खाना र लुगाफाटालगायत ठोस विषयमा पनि प्रतिबिम्बित भएको छ।

विशेषगरी चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ महाधिवेशनदेखि चिनियाँ सत्तारुढ पार्टीले “सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्र” को अवधारणा प्रस्तुत गरेको छ। जसले बाहिरी विश्वको उच्च ध्यान आकर्षित गरेको छ। पश्चिमी मुलुकको प्रजातान्त्रिक प्रणालीभन्दा फरक भएर चीनको सम्पूर्ण प्रक्रियागत जनताको प्रजातन्त्रले प्रक्रियागत प्रजातन्त्र र परिणाममुखी प्रजातन्त्र, प्रक्रियागत प्रजातन्त्र र मूल प्रजातन्त्र, प्रत्यक्ष प्रजातन्त्र र अप्रत्यक्ष प्रजातन्त्र, जनताको प्रजातन्त्र र देशको इच्छाको एकता साकार तुल्याएको छ। यो पूर्ण शृङ्खला, चौतर्फी र कभरेज प्रजातन्त्र र सबैभन्दा व्यापक, सत्य र प्रभावकारी समाजवादी प्रजातन्त्र हो।

विश्वमा प्रजातान्त्रिक राजनीतिको विकासबाट हेर्दा चिनियाँ शैलीको प्रजातन्त्रको अन्वेषण र अभ्यास पनि बहुमूल्य छ। झन् झन् बढी मानिसले बुझेका छन्: प्रजातन्त्र पश्चिमी मोडेल मात्र होइन; प्रजातन्त्र  विभिन्न देशका जनताको अधिकार हो, अल्पसंख्यक देशको विशेष अधिकार होइन; एक देश प्रजातान्त्रिक छ कि छैन भन्ने अन्तिममा उक्त देशका जनताले मुल्याङ्कन गर्नुपर्छ;  प्रजातन्त्र अलंकार होइन, सजावटका लागि होइन, तर जनताको आवश्यकका लागि समस्याको समाधान गर्नु हो। ७५ वर्षमा चिनियाँ सत्तारुढ पार्टीले स्वदेशी परिस्थितिअनुकूल चिनियाँ शैलीको प्रजातान्त्रिक विकासको मार्ग पत्ता लगाएको छ।  १ अर्ब ४० करोडभन्दा बढी चिनियाँ जनता वास्तवमै आफ्नै देशको मालिक बनेका छन्। जसले प्रजातन्त्रको विकासमा विकासोन्मुख देशको विश्वासलाई बढाउनुका साथै मानव सभ्यतामा पनि महत्वपूर्ण योगदान दिएको छ ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button