१७ भाद्र २०८३, बुधबार

सिन्धुलीको भीमानबाट खैरो हेरोइनजस्तो पदार्थ र ट्रामाडोलसहित पाँच जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

सिन्धुलीको कमलामाई नगरपालिका–९ स्थित भीमानबाट प्रहरीले खैरो हेरोइनजस्तो देखिने पदार्थ र नियन्त्रित लागूऔषध ट्रामाडोलसहित पाँच जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीमा रहेको प्रहरी टोलीले छुट्टाछुट्टै सवारीसाधन जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

महोत्तरीबाट काठमाडौंतर्फ आउँदै गरेको मधेस प्रदेश ०५–००१ ज ००८६ नम्बरको हायसमा सवार सिराहाको मिर्चैया नगरपालिका–५ का २० वर्षीय सन्देश यादवको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ४५ ग्राम १९० मिलिग्राम बरामद भएको प्रहरीले जनाएको छ।

उक्त लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बागमती प्रदेश ०२–०४६ प ४८५३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको कमला नगरपालिका–७ का २० वर्षीय राहुलकुमार मण्डल र सिराहाको कल्याणपुर नगरपालिका–६ का २० वर्षीय अभिषेककुमार साहलाई पनि पक्राउ गरिएको छ।

त्यसैगरी, मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३७१२ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–६ का ३० वर्षीय विकास दाहाल र इटहरी उपमहानगरपालिका–१७ का २४ वर्षीय सागर कार्की पक्राउ परेका छन्।

उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ८२० मिलिग्राम तथा नियन्त्रित लागूऔषध ट्रामाडोल एक हजार ४३० ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेका पाँचै जनामाथि लागूऔषधसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कानुनी कारवाही अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button