विराटनगरस्थित हिन्दू स्वयंसेवक संघ नेपालको भवनमा युवक मृत फेला

ड्रागन मिडिया सम्वाददाता
विराटनगरस्थित हिन्दू स्वयंसेवक संघ नेपालको केशवधाम भवनमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार बिहान विराटनगर महानगरपालिका–७ स्थित भवनको एउटा कोठामा २५ वर्षीय हरिकृष्ण खत्री मृत फेला परेका हुन्।
रामेछापको मन्थली घर भएका खत्री केशवधाममा सवारी चालकका रूपमा कार्यरत थिए। उनी सोही भवनको कोठामा बस्दै आएको प्रहरीले जनाएको छ।
घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ। मृत्युको कारणसहित घटनाका सबै पक्षबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।





