लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङकी उक्याव नियुक्त

ड्रागन मिडिया सम्वाददाता
सरकारले लगानी बोर्ड नेपालको प्रमुख कार्यकारी अधिकृतमा काठमाडौँकी याङकी उक्यावलाई नियुक्त गरेको छ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले उक्यावलाई बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी हुन्।





