१७ भाद्र २०८३, बुधबार

टाँगटिङ खोलामा भेटिएको वृद्धको शव पहिचान

ड्रागन मिडिया सम्वाददाता

झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको अवस्थामा भेटिएको वृद्धको शव पहिचान भएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार मृतक बुद्धशान्ति गाउँपालिका–१, बुधबारे नमूना टोलका ६८ वर्षीय पद्मबहादुर थेगिम लिम्बू हुन्।

बुधबार दिउँसो करिब ४ः३५ बजे टाँगटिङ खोलाको पुलबाट दक्षिणतर्फ खोलाले बगाएर किनारमा ल्याएको अवस्थामा शव देखिएको सूचना प्रहरीलाई प्राप्त भएको थियो।

सूचनापछि इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव शवपरीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ।

मृत्युको वास्तविक कारण शवपरीक्षण प्रतिवेदन प्राप्त भएपछि खुल्ने प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button