१९ भाद्र २०८३, शुक्रबार

पशुपालक सांस्कृतिक गतिविधिले मण्डला घाँसेमैदानमा थप्यो नयाँ जीवन्तता

ड्रागन मिडिया समाचार कक्ष

चीनको ङावा काउन्टीस्थित मेउरुमा टाउनमा आयोजित पशुपालक सांस्कृतिक गतिविधिले स्थानीय परम्परा, उत्पादन र ग्रामीण अर्थतन्त्रलाई जोड्दै मण्डला घाँसेमैदानमा नयाँ जीवन्तता थपेको छ।

अगस्टमा मण्डला घाँसेमैदानमा सन् २०२६ को मेउरुमा पशुपालक सांस्कृतिक कार्यक्रम निर्धारित समयअनुसार आयोजना गरिएको हो।

कार्यक्रमको दोस्रो दिन पशुपालनसम्बन्धी व्यावहारिक शीप र शारीरिक क्षमतामा केन्द्रित विभिन्न प्रतिस्पर्धा सञ्चालन गरिएका थिए। दूध दुहुने, भारोत्तोलन, स्थानीय परम्परागत पशु सवारी र डोरी तान्नेलगायत प्रतियोगिताले सहभागी तथा दर्शकको ध्यान आकर्षित गरेका थिए।

दूध दुहुने प्रतियोगितामा मेउरुमा टाउनको सेर्देउ गाउँकी पशुपालक जिग्मे छोले पहिलो स्थान हासिल गरेकी छन्।

उनले पशुपालक समुदायको दैनिक जीवन, परम्परा र उत्पादनसँग प्रत्यक्ष सम्बन्ध राख्ने यस्ता सांस्कृतिक गतिविधिलाई भविष्यमा पनि निरन्तरता दिनुपर्ने बताइन्।

भारोत्तोलन प्रतियोगितामा मोवारु गाउँका कोन्चोक पाल्देन पहिलो भएका छन्। उनले प्रतियोगितामा पहिलो स्थान हासिल गर्न पाउँदा खुसी लागेको बताउँदै स्थानीय प्रतिभा र परम्परागत शीप प्रदर्शन गर्न यस्तै मञ्च भविष्यमा पनि उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गरे।

सांस्कृतिक तथा खेलकुद प्रतियोगितासँगै कार्यक्रमस्थलमा पशुपालनसम्बन्धी उत्पादनको प्रदर्शनी तथा बिक्री क्षेत्रसमेत स्थापना गरिएको थियो।

प्रदर्शनीमा चौँरी, गाईवस्तु र भेडाबाट उत्पादित स्थानीय विशेषतायुक्त वस्तु राखिएका थिए। ठूलो सङ्ख्यामा उपस्थित दर्शक तथा पर्यटकका कारण स्थानीय पशुपालकले आफ्ना उत्पादन बिक्री गरी आम्दानी बढाउने अवसर प्राप्त गरेका थिए।

आयोजकहरूले सांस्कृतिक गतिविधिमार्फत मानिसलाई आकर्षित गर्ने र त्यसलाई स्थानीय आय वृद्धिसँग जोड्ने पशुपालक क्षेत्रको नयाँ विकास मोडल निर्माण गर्ने प्रयास गरिएको बताएका छन्।

स्थानीय उत्पादनको बजार विस्तार, पशुपालक परिवारको आम्दानी वृद्धि र परम्परागत संस्कृतिको संरक्षणलाई एउटै कार्यक्रममा समेटिएको थियो।

मेउरुमा टाउन र गाउँस्तरका अधिकारीले ठूलो सङ्ख्यामा स्थानीय बासिन्दा भेला भएको अवसर प्रयोग गर्दै जनजीवनसँग सम्बन्धित सरकारी नीति तथा सुविधाबारे जानकारीसमेत दिएका थिए।

अधिकारीहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरी उनीहरूका आवश्यकता र सरोकार बुझ्नुका साथै जनप्रतिनिधि तथा समुदायबीचको सम्बन्ध थप निकट बनाउने प्रयास गरेका थिए।

कार्यक्रमले पशुपालक समुदायको संस्कृति र जीवनशैली प्रदर्शन गर्नुका साथै स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, ग्रामीण आम्दानी बढाउने र पशुपालक क्षेत्रमा आधारभूत तहको शासन व्यवस्था थप सुदृढ बनाउने आधार तयार गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button