कांग्रेस संस्थापनइतर समूहको आज पत्रकार सम्मेलन

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ।
नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले दिउँसो २:३० बजे काठमाडौंको चुनदेवीस्थित समितिको कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।
समितिका संयोजक डा. शशांक कोइरालाले पत्रकार सम्मेलनमार्फत पछिल्लो राजनीतिक तथा कानुनी घटनाक्रमबारे समूहको धारणा सार्वजनिक गर्ने बताइएको छ।
संस्थापनइतर समूहले दायर गरेको रिटसम्बन्धी विषयमा बिहीबार सर्वोच्च अदालतबाट पुनः सुनुवाइको आदेश आएपछि पत्रकार सम्मेलन आयोजना गर्न लागिएको हो।
पत्रकार सम्मेलनमा सर्वोच्च अदालतको पछिल्लो आदेश, नेपाली कांग्रेसभित्रको आधिकारिकतासम्बन्धी विवाद तथा समूहको आगामी रणनीतिबारे कोइरालाले धारणा राख्ने अपेक्षा गरिएको छ।





