१९ भाद्र २०८३, शुक्रबार

बागमती प्रदेश सरकारमा सहभागी नहुने राप्रपाको निर्णय

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश सरकारमा सहभागी नहुने निर्णय गरेको छ।

संसदीय दलका नेता उद्धव थापाको अध्यक्षतामा बिहीबार अबेर बसेको बैठकले वर्तमान राजनीतिक परिस्थितिमा प्रदेश सरकार गठनका लागि भइरहेको सत्ता समीकरणमा सहभागी नहुने तथा सरकार गठनको दौडमा नरहने निर्णय गरेको हो।

बागमतीमा नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीसहितको नयाँ सत्ता समीकरण बनाउने प्रयासका क्रममा राप्रपाको सहयोगसमेत खोजिएको थियो।

तर, राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिले यसअघि नै प्रदेश सरकार गठनका लागि भइरहेको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गरिसकेको थियो।

केन्द्रीय कार्यसम्पादन समितिको सोही निर्णयलाई राप्रपा बागमती प्रदेश संसदीय दलको बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।

यससँगै राप्रपा तत्कालका लागि बागमती प्रदेशको नयाँ सरकार गठनसम्बन्धी सत्ता समीकरणबाट अलग रहने भएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button