१९ भाद्र २०८३, शुक्रबार

तातोपानी बीओपी क्षेत्रमा सुक्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

ड्रागन मिडिया सम्वाददाता

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुक्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ।

प्राप्त जानकारीअनुसार बिहान करिब १:१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट पहिरो खसेको थियो। पहिरोसँगै झरेका ढुङ्गाहरू आपसमा ठोक्किएर उछिट्टिँदै बीओपी परिसरभित्रसम्म पुगेका थिए।

घटनामा कुनै मानवीय क्षति नभए पनि ब्यारेक, ड्युटी पोस्ट तथा अन्य भौतिक संरचना र सामग्रीमा क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ।

पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल परेको छ। सोही ब्यारेकको जस्ताको छानोमा छ वटा प्वाल परेको बताइएको छ।

त्यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ।

सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा समेत प्वाल परेको छ। ढुङ्गा लागेर एउटा हिमाली ज्याकेटमा प्वाल परेको, राष्ट्रिय झण्डा राखिएको पोल पूर्ण रूपमा क्षतिग्रस्त भएको तथा जिन्सी स्टोर भवनमा तीन वटा प्वाल परेको जनाइएको छ।

मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा पनि क्षति पुगेको छ।

घटनापछि बीओपी क्षेत्रको सुरक्षा अवस्थाको मूल्याङ्कन गर्नुका साथै क्षतिको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button