१९ भाद्र २०८३, शुक्रबार

चीन–बेलारुस ‘स्विफ्ट इगल २०२६’ संयुक्त सैन्य अभ्यास हुबेईमा हुने

ड्रागन मिडिया समाचार कक्ष

चीन र बेलारुसका एयरबोर्न सैनिकहरूले अगस्टको मध्यदेखि उत्तरार्धसम्म मध्य चीनको हुबेई प्रान्तमा ‘स्विफ्ट इगल २०२६’ संयुक्त सैन्य प्रशिक्षण सञ्चालन गर्ने भएका छन्।

चीनको राष्ट्रिय रक्षा मन्त्रालयका प्रवक्ता चेन सीले शुक्रबार दिएको जानकारीअनुसार अभ्यासमा निगरानी तथा प्रतिनिगरानी, नियन्त्रणमा लिने तथा नियन्त्रण कायम गर्ने, सुरक्षा, लक्ष्य निष्प्रभावीकरण र प्रतिरक्षासम्बन्धी विषयमा केन्द्रित प्रशिक्षण गरिनेछ।

यो चीन र बेलारुसबीचको ‘स्विफ्ट इगल’ संयुक्त अभ्यासको चौथो संस्करण हो।

चेनका अनुसार संयुक्त प्रशिक्षणले सहभागी सैनिकहरूको युद्धक क्षमता थप निखार्नुका साथै चीन र बेलारुसका सेनाबीच व्यावहारिक सैन्य सहकार्यलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button