‘ढिला होला तर गलत हुँदैन’: प्रधानमन्त्री शाहले सर्वसाधारणलाई नआत्तिन आग्रह गरे
ड्रागन मिडिया सम्वाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले शुक्रबार अबेर राति सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई नआत्तिन आग्रह गरेका छन्।
सत्ता पक्षकै केही सांसदबाट समेत आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले राति ११ बजेर ६ मिनेटमा सामाजिक सञ्जालमा संक्षिप्त प्रतिक्रिया सार्वजनिक गरेका हुन्।
उनले परिस्थितिको वास्तविकता बाहिर देखिएको वा सुनिएकोभन्दा फरक हुन सक्ने संकेत गर्दै सही समय आउन केही समय लाग्न सक्ने बताएका छन्।

प्रधानमन्त्री शाहले लेखेका छन्, ‘ढिला होला तर गलत हुँदैन।’
उनले सर्वसाधारणलाई धैर्य राख्न आग्रह गर्दै थप लेखेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहिँ फरक हुन सक्छ।’
प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै अगाडि बढ्नुपर्ने अवस्था आउने उल्लेख गर्दै आफूले यसअघि पनि यस्ता परिस्थिति सामना गरेको संकेत गरेका छन्।
उनले लेखेका छन्, ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ, तर यो पहिलोपटक होइन।’
प्रधानमन्त्री शाहको पछिल्लो अभिव्यक्तिले पछिल्ला राजनीतिक बहस र सरकारमाथि बढेको दबाबका बीच उनले सार्वजनिक रूपमा धैर्य, आत्मविश्वास र प्रतीक्षाको सन्देश दिन खोजेको देखिन्छ।





