बढैयातालको कर्णालीपुर जाने बाटोमा बेवारिसे कटुवा पेस्तोल फेला

ड्रागन मिडिया सम्वाददाता
बर्दियाको बढैयाताल गाउँपालिकास्थित कर्णालीपुर जाने बाटोमा प्रहरीले बेवारिसे अवस्थामा कटुवा पेस्तोल फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले उक्त पेस्तोल फेला पारेको हो।
पेस्तोल कसले, कहिले र कुन उद्देश्यले उक्त स्थानमा छोडेको हो भन्ने विषयमा अहिलेसम्म खुल्न सकेको छैन।
प्रहरीले बरामद हतियार नियन्त्रणमा लिएर घटनासम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ।





