१७ भाद्र २०८३, बुधबार

बराहक्षेत्रमा चार क्विन्टलभन्दा बढी गाँजासहित चार पक्राउ


ड्रागन मिडिया सम्वाददाता

सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित चार जना पक्राउ परेका छन्।

बराहक्षेत्रबाट चतरातर्फ आउँदै गरेको एउटा कार र एउटा मोटरसाइकलमा प्रहरीले खानतलासी गर्दा २२ वटा पोकामा राखिएको उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए।

पक्राउ पर्नेमा कार चालक धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय थमन राई र कारमा सवार ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–५ की २२ वर्षीया जीवनी राई रहेका छन्।

त्यसैगरी मोटरसाइकल चालक मोरङको कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा सवार सोही स्थानका ३८ वर्षीय शङ्कर चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेका चारै जनालाई महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button