१९ भाद्र २०८३, शुक्रबार

सिंहदरबारको नाम फेर्ने प्रस्तावपछि रास्वपा सांसद ढकालमाथि राप्रपा प्रवक्ता श्रेष्ठको कडा टिप्पणी

ड्रागन मिडिया सम्वाददाता

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने प्रस्ताव गरेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले कडा प्रतिक्रिया जनाएका छन्।

ढकालले आइतबार एक कार्यक्रममा बोल्दै नेपालमा सिंह नभएको तर्क गर्दै सिंहदरबार नाम उपयुक्त नभएको टिप्पणी गरेका थिए। उनले सिंहदरबारको सट्टा ‘अनामनगर दरबार’ नाम राख्न सकिने प्रस्तावसमेत गरेका छन्।

ढकालको उक्त अभिव्यक्तिपछि राप्रपा प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गरेका हुन्। उनले सिंहदरबारको नाम फेर्ने प्रस्तावलाई व्यङ्ग्य गर्दै ढकालको नाममाथि समेत कटाक्ष गरेका छन्।

श्रेष्ठले ढकाललाई ‘उपबुज्रुक’को संज्ञा दिँदै सिंह नभएकाले सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने तर्क उचित नभएको आशय व्यक्त गरेका छन्। उनले ढकालको ‘हरि’ नामलाई समेत जोडेर व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्।

ढकालको प्रस्ताव र श्रेष्ठको प्रतिक्रियासँगै ऐतिहासिक तथा प्रशासनिक महत्व बोकेको सिंहदरबारको नाम परिवर्तनसम्बन्धी विषय सामाजिक सञ्जालमा बहसको विषय बनेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button