१९ भाद्र २०८३, शुक्रबार

संविधानसभा सदस्य तथा प्युठानका अग्रज कम्युनिष्ट नेता दीपक केसीको निधन

ड्रागन मिडिया सम्वाददाता

प्युठानका अग्रज कम्युनिष्ट नेता तथा संविधानसभा सदस्य दीपक केसीको ८५ वर्षको उमेरमा निधन भएको छ।

केसीको आइतबार राति निधन भएको उनका ज्वाइँ रेशमबहादुर थापाले जानकारी दिएका छन्।

लामो समयदेखि वामपन्थी राजनीति र सामाजिक आन्दोलनमा सक्रिय केसी प्युठानमा अभिभावक व्यक्तित्वका रूपमा परिचित थिए। उनी २०६४ सालको संविधानसभाका सदस्यसमेत थिए।

पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य समस्यासँग जुधिरहेका केसीमा मुटुरोग र निमोनियालगायतका समस्या देखिएका थिए। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनको काठमाडौंका विभिन्न अस्पतालमा उपचार हुँदै आएको थियो।

परिवारका अनुसार केसीको अन्त्येष्टि आज दिउँसो करिब १२ बजे प्युठानको खरिबोट नजिक झिमरुक खोलाको किनारमा गरिनेछ।

केसीको निधनसँगै प्युठानको वामपन्थी राजनीतिक तथा सामाजिक आन्दोलनले लामो समयदेखि सक्रिय एक अग्रज व्यक्तित्व गुमाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button