१७ भाद्र २०८३, बुधबार

२४ घण्टामा देशभर ४१ विपदका घटना, २० जना घाइते

ड्रागन मिडिया सम्वाददाता

साउन २३ गते बिहान १० बजेदेखि २४ गते बिहान १० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपदका घटना भएका छन्।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा २० जना घाइते भएका छन्। उक्त अवधिमा सर्पदंशका २०, आगलागीका नौ, पहिरोका आठ, अतिवृष्टिका दुई तथा चट्याङ र वन्यजन्तु आक्रमणका एक एक घटना भएका छन्।

विपद्का घटनामा उद्धार तथा सहायताका लागि १७३ जना प्रहरी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

सर्पदंशका घटनामा मात्रै २० जना घाइते भएका छन्। सो अवधिमा भएका विपदका घटनाबाट करिब ३८ लाख ४७ हजार ५०० रुपैयाँ बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।

त्यस्तै, चार स्थानमा सडक अवरुद्ध भएका छन् भने एउटा चौपायाको ज्यान गएको छ।

यसैबीच, चालु वर्षको वैशाख १ गतेदेखि साउन २४ गतेसम्म देशभर चार हजार ४५२ वटा विपदका घटना भएका छन्।

ती घटनामा २०५ जनाको मृत्यु भएको छ भने पाँच जना बेपत्ता छन्। एक हजार ३४७ जना घाइते भएका छन् भने पाँच हजार ४९२ परिवार प्रभावित भएका छन्।

प्राधिकरणको तथ्याङ्कले मनसुनको अवधिमा पहिरो, अतिवृष्टि, आगलागी, सर्पदंश तथा अन्य विपदजन्य घटनाबाट जनधनको क्षति निरन्तर भइरहेको देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button