१७ भाद्र २०८३, बुधबार

अमेरिका र साउदीको विजोग !

ईरानबाट पन्छिए पनि सुरु भयो हुथीको पिटाई !

# भरत दाहाल

ईरानसंगको युद्धको विवादले अमेरिका जिर्ण भैसकेको छ। हतियार भण्डार रित्तिने खतरामा पुगेको भन्दै सेनाको संयुक्त कमानका प्रमूखले ईरान युद्धबाट निष्कने बाटो खोज्न ट्रम्प लाई दबाब दिएका छन्। ट्रम्पको ‘मागा’ अभियान फुटेको छ र टकर कार्लसन लगायतका दिग्गजहरुले विद्रोहको १० बुँदे घोषणा-पत्र जारी गरेका छन्। ट्रम्पको कित्ताभित्र भारी चिरा परेको छ भने लोकप्रियता ४०% मा झरेको छ।

ईरानसंगको युद्ध विराम सहमतिलाई ईजरायले सुरु देखि नै मानेन। अहिले ट्रम्पको १५ बुँदे गाजा शान्ती प्रस्तावलाई पनि ईजरायलले नमान्ने भएको छ। ईरानले होर्मुज जलडमरुमध्य नियंत्रणलाई लिएर अमेरिकासंग कुनै संझौता नहुने घोषणा गरेको छ। ईजरायलले ट्रम्पका प्रस्ताव मान्दैन, ईरानले वार्ता गर्दैन, सेनाले निस्कने बाटो खोज्न दबाब दिन्छ, भरपर्दाहरुले विद्रोहको घोषणा गरिसके।

सानोतिनो सौदाबाजी गरेर भाग्ने बाटो खोज्ने रणनीती अघि बढाएपछि अमेरिका र त्यसका पिठ्ठुलाई युद्धमैं धरासायी पार्ने योजना बनाएर ईरानले युद्ध लम्ब्याउने रणनीती अनुरुप हुथीलाई सकृय बनाएको छ। हुथीले साउदी अरब माथीको हमला तिब्र बनाएर ठूलो नोक्सानी पुर्याएको छ। तिन दिनको लगातार हमलामा अमेरिका-साउदी समर्थित उत्तरी यमनका ७० सैनिक मारिदिएको छ र अमेरिकाको निर्विकल्प भनिने MQ-9 रिपर ड्रोन खसालिदिएको छ।

अहिले हुथीको हाहाकार छ। त्यसले लालसागरको ‘बब अल मन्डेव’ जलडमरुमध्य बन्द गरिदिएको छ। ईरान-हुथीले विश्व भरी निर्यात हुने ४०% तेल, ग्याँस रोकिदिएका छन्। ईरानले लखेट्न रोके पनि हुथीले साउदी र अमेरिकालाई लखेट्न सुरु गरेको छ। अमेरिकाले या ईजरायललाई तह लगाएर ईरानका सर्तमा सम्झौता गरेर फुत्कनु पर्छ या प्रतिरोधमा अल्झिएरै सकिनु पर्छ। अमेरिकाले हुथीलाई पनि नियन्त्रण गर्न सम्भव छैन भन्ने कुरा घटनाक्रमहरुले स्पष्ट पारिसकेका छन्।

– अध्यक्ष, त्रिमुल नेपाल तथा राजनीतिक विश्लेषक

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button