एसीसी मेन्स प्रिमियर कपमा नेपालका कप्तान सन्दीप लामिछाने, रोहित पौडेलको स्थानमा जिम्मेवारी

ड्रागन मिडिया सम्वाददाता
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लिग स्पिनर सन्दीप लामिछानेलाई आगामी एसीसी मेन्स प्रिमियर कपका लागि कप्तानको जिम्मेवारी दिइएको छ।
पछिल्लो समय एकदिवसीय क्रिकेटमा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुरूप हुन नसकेपछि रोहित पौडेलको स्थानमा लामिछानेलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
लामिछाने यसअघि पनि नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान रहिसकेका छन्। अब उनले एसीसी मेन्स प्रिमियर कपमा पुनः राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन्।
प्रतियोगिता अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म मलेसियामा आयोजना हुँदैछ। नेपालले प्रतियोगितामा एसियाका विभिन्न टोलीसँग प्रतिस्पर्धा गर्नेछ।
कप्तानीमा गरिएको परिवर्तनलाई पछिल्लो समय राष्ट्रिय टोलीको प्रदर्शन सुधार्ने प्रयासका रूपमा हेरिएको छ। अनुभवी स्पिनर लामिछाने नेपाली टोलीका प्रमुख बलरमध्ये एक हुन् र अन्तर्राष्ट्रिय प्रतियोगितामा लामो अनुभवसमेत राख्छन्।
नेपालका लागि आगामी एसीसी मेन्स प्रिमियर कप क्षेत्रीय क्रिकेटमा आफ्नो प्रतिस्पर्धात्मक क्षमता पुनः स्थापित गर्ने महत्वपूर्ण अवसरका रूपमा रहनेछ।





