नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोममा आयोजना भएको विश्व खाद्य मञ्च —२०२४ को उच्चस्तरीय उद्घाटन सत्र सहित विभिन्न बहुपक्षीय बैठकमा सहभागी हुनुभएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको आयोजनामा सङ्गठनको मुख्यालयमा भएको उद्घाटन सत्रमा मन्त्री अधिकारीको नेतृत्वमा मन्त्रालयका अधिकारी सहितको टोली सहभागी भएको गोरखापत्र अनलाइनले लेखेको छ।

मञ्चको लगानी सम्बन्धी सत्रलाई सम्बोधन गर्दे मन्त्री अधिकारीले लगानीकर्ताहरूलाई नेपालको कृषि क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभएको छ। नेपाल सरकारले यसै वर्ष देखि कृषिमा लगानी दशक घोषणा गरी यस क्षेत्रमा बडी भन्दा बडी लगानी भित्राउने लक्ष्य लिएको भन्दै मन्त्री अधिकारीले दिगो कृषि , खाद्य सुरक्षा, हरित उत्पादन र रूपान्तरित कृषि तथा खाद्य प्रणालीलाई सरकारले प्राथमिकता दिएको उल्लेख गर्नुभयो।

नेपाल जैविक विविधताले भरिपूर्ण रहेको र यसले समग्र कृषि क्षेत्रको दिगोपनामा महत्त्वपूर्ण योगदान दिएको भन्दै मन्त्री अधिकारीले नेपालको खाद्य प्रणाली विश्वकै लागि प्रेरक हुनसक्छ ,भन्नुभयो।

बैठकमा संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति कुसुम थापा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिव अधिकारी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठ पनि सहभागी हुनुभएको छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button