१९ भाद्र २०८३, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरिने

ड्रागन मिडिया सम्वाददाता

सङ्घीय संसद प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ। बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ।

आजै सङ्घीय संसदअन्तर्गत सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बस्दैछ।

बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यसक्रममा भएका घटनाका कारण जलेका स्रेस्तासम्बन्धी विषयमा छलफल गर्ने कार्यसूची छ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ। उक्त बैठकमा डिजिटल अर्थतन्त्रसम्बन्धी विषयमा छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button