१९ भाद्र २०८३, शुक्रबार

प्रधानमन्त्री शाहका विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन एमाले सांसद मण्डलको माग

ड्रागन मिडिया सम्वाददाता

नेकपा (एमाले) का सांसद चन्द्रेश्वर मण्डलले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएका विवादित अभिव्यक्ति अभिलेखबाट हटाउन सभामुखसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समयमा बोल्दै सांसद मण्डलले सभामुखलाई संसदको अभिभावकको भूमिका निर्वाह गर्दै प्रधानमन्त्रीसँग संवाद गरी विवादित भनाइ फिर्ता लिन पहल गर्न आग्रह गरे।

उनले प्रधानमन्त्री स्वयं रोष्ट्रममा आएर अभिव्यक्ति फिर्ता लिने सम्भावना कम देखिएको उल्लेख गर्दै सभामुखले पहल गर्नुपर्ने बताए।

“प्रधानमन्त्री ज्यू जिद्दी स्वभावको हुनुहुन्छ, उहाँ आफैँ रोष्ट्रममा आएर आफ्ना अभिव्यक्ति फिर्ता लिनुहुन्छ भन्ने मलाई लाग्दैन। तसर्थ, सभामुख ज्यूले नै प्रधानमन्त्रीसँग वार्ता गरी ती भनाइहरू फिर्ता लिन लगाउन वा संसदको अभिलेखबाट हटाउन पहल गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु,” मण्डलले भने।

सभामुखको अनुभव र शालीनताको प्रशंसा गर्दै मण्डलले संसदको गरिमा कायम राख्न विवादित अभिव्यक्ति अभिलेखबाट हटाउनु उपयुक्त हुने धारणा राखे।

उनले संसदभित्र प्रयोग हुने भाषा र अभिव्यक्तिले संसदीय मर्यादा तथा संस्थागत गरिमालाई कायम राख्नुपर्नेमा समेत जोड दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button