जापान पठाइदिने भन्दै ११५ जनाबाट दुई करोड ८० लाख ठगी गरेको आरोपमा कन्सल्टेन्सी सञ्चालक पक्राउ

ड्रागन मिडिया सम्वाददाता
जापान पठाइदिने प्रलोभन देखाएर ११५ जनाबाट दुई करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा ग्याट्सबी इन्टरनेसनल प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रतीक बुढाथोकी पक्राउ परेका छन्।
ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाङ्गाथलीका २९ वर्षीय बुढाथोकीलाई वैदेशिक रोजगार विभागबाट जारी पक्राउ पुर्जीका आधारमा सोमबार बुटवलबाट पक्राउ गरिएको हो।
बुढाथोकीले ग्याट्सबी इन्टरनेसनल प्रालि नामक कन्सल्टेन्सीमार्फत जापान पठाइदिने भन्दै ११५ जनाबाट कुल दुई करोड ८० लाख रुपैयाँ लिएको आरोप छ।
उनीमाथि वैदेशिक रोजगारसम्बन्धी ठगीको कसुरमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।





