१९ भाद्र २०८३, शुक्रबार

मन्त्रीपरिषदका पाँच निर्णय: विद्युतीय एम्बुलेन्स र शव वाहनमा कर छुट, चार जना सहिद घोषणा

ड्रागन मिडिया सम्वाददाता

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीपरिषद बैठकले विद्युतीय एम्बुलेन्स र शव वाहनमा लाग्ने कर पूर्ण रूपमा छुट दिनेसहित पाँच महत्वपूर्ण निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क तथा मूल्य अभिवृद्धि कर पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

बैठकले सुनसरी र सिराहामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका चार जनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ। सहिद घोषणा हुनेमा सुनसरीका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्रकुमार मेहता तथा सिराहाका गणेशकुमार यादव रहेका छन्।

मन्त्रीपरिषदले पोर्चुगल सरकारलाई काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न सहमति दिने निर्णय गरेको छ।

त्यस्तै, वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा बाराका निर्मलकुमार उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको छ।

बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा ढङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने निर्णयसमेत गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button