१७ भाद्र २०८३, बुधबार

यात्रुबाहक जिप भेरी नदीमा खस्यो, चालक र जिपधनी बेपत्ता

ड्रागन मिडिया सम्वाददाता

सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गीरह नजिकै यात्रुबाहक जिप भेरी नदीमा खसेको छ।

बुधबार दिउँसो करिब २ बजे बालुवा संग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जिप जाजरकोट–छिन्चु सडकखण्डअन्तर्गत बाङ्गीरह नजिकै नदीमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

प्रहरीका अनुसार जिपमा चार जना सवार थिए। तीमध्ये दुई जना पौडी खेलेर सकुशल नदीबाट बाहिर निस्किएका छन्। उनीहरूको पहिचान भने तत्काल खुल्न सकेको छैन।

जिप चालक र जिपधनी भने बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा सुरक्षा निकाय परिचालन गरी खोज तथा उद्धार कार्य भइरहेको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button