चीन र अफ्रिकाको “बेल्ट एण्ड रोड”को साझा निर्माणको उपलब्धि प्रशस्त

हाल अफ्रिकाका ५२ वटा मुलुक र अफ्रिकी संघले चीनसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगात्मक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिअन्तर्गत क्षेत्रीय खुलापन विभागका प्रमुख स्यू चेनफिङकाअनुसार, चीनले अफ्रिकाका केही मुलुकहरुसँग “बेल्ट एण्ड रोड”को साझा निर्माणका नयाँ सहयोगात्मक परियोजनाहरूमा हस्ताक्षर गर्ने छ। स्यू चेनफिङ भन्नुहुन्छ “एघार वर्षयता चीन र अफ्रिकाको “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोग धारणाबाट मोडेर कार्यान्वयनतर्फ गएको र इच्छाबाट मोडेर वास्तविकता बनेको छ। चीन र अफ्रिकाको “बेल्ट एण्ड रोड”को साझा निर्माणले अफ्रिकी मुलुकहरूको आर्थिक तथा सामाजिक विकासका लागि नयाँ शक्ति थपेको, चीन र अफ्रिकाको भाग्य समुदायको सिर्जनाका लागि महत्वपूर्ण टेवा उपलब्ध गराएको थियो। चीनले अझै धेरै अफ्रिकी मुलुकहरूसँग “बेल्ट एण्ड रोड” सहयोगात्मक योजनामा हस्ताक्षर गर्ने, “बेल्ट एण्ड रोड”को साझा निर्माण प्रस्तावलाई निरन्तर रुपमा सबल पार्ने, अफ्रिकी संघको सन् २०६३ कार्यसूचि, संयुक्त राष्ट्र संघको सन् २०३० दिगो विकास लक्ष्यसँग जोडेर धारणालाई मोडेर व्यवहारिक उपलब्धि बनाउने,  चीन र अफ्रिकाको भाग्य समुदायको सिर्जना गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने योजना बनाएको छ।”

तथ्यांकअनुसार, एघार वर्षयता चिनियाँ उद्योग-व्यवसायले अफ्रिकाको विभिन्न मुलुकमा निर्माण र सुधार गरेको रेलमार्गको कुल लम्बाई १० हजार किलोमिटरभन्दा बढी पुगेको छ। राजमार्गको कुल लम्बाई १ लाख किलोमिटर पुगेको छ भने पुलको संख्या करीब एक हजार र बन्दरगाहको संख्या करीब एक सय पुगेको छ।

लामो समययता अन्नबालीको सुरक्षा र कृषि विकास चीन र अफ्रिकी मुलुकहरूबीच “बेल्ट एण्ड रोड”को साझा निर्माणको सहयोगाको प्रामथिकता बनेको छ। तथ्यांकअनुसार, चीनले अफ्रिकामा २४ वटा कृषि प्रविधि प्रदर्शन केन्द्रको स्थापना गरिसकेको छ। चीनतर्फ अफ्रिकाको कृषि उपजको निर्यात लगातार धेरै वर्षहरूसम्म १०प्रतिशतले बृद्धि भएको छ।

स्यू चेनफिङकाअनुसार, चीन र अफ्रिकाले कृषि सहयोगलाई माथि उकास्ने, अफ्रिकाको कृषि विकास कार्यको सुन्दर भविष्य सिर्जना गर्ने छन्। उहाँ भन्नुहुन्छ

“रुवान्डाको खुर्सानी र कफी, केन्याको एभोकाडो, बेनिनको अनानासआदि विशेषतायुक्त वस्तुहरू चिनियाँको टेबुलमा पुर्याइएको छ। आगामी दिन चीनले अफ्रिकी मुलुकहरू र अफ्रिकी संघसँग मिलेर अफ्रिकाको कृषि आधुनिकीकरण योजनाका लागि चीनको सहयोग योजनालाई सुधार गर्ने छ।”

भविष्यमा चीनले अफ्रिकाको विभिन्न मुलुक र अफ्रिकी संघसँग नयाँ क्षेत्रको सहयोगलाई सबल पार्ने छ। ठोस क्षेत्रहरूमा डिजिटल आधारभूत प्रबन्धको निर्माण, डिजिटल अर्थतन्त्र, एआई समावेश छन्। चीनले अफ्रिकाको विभिन्न मुलुक र अफ्रिकी संघसँग हरित विकास कारवाहीलाई कार्यान्वयन गर्ने, “बेल्ट एण्ड रोड”को वैज्ञानिक तथा प्राविधिक कारवाही योजनालाई गहिरो रुपमा कार्यान्वयन गर्ने, स्वास्थ्य क्षेत्रको सहयोगलाई बढाउने छ।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button