१७ भाद्र २०८३, बुधबार

सुर्खेतमा ७४ किलो प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जना पक्राउ

ड्रागन मिडिया सम्वाददाता

जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जुम्लाको सिँजा गाउँपालिका–५ घर भई हाल सुर्खेत बस्दै आएकी चन्द्राकली बुढा रहेको प्रहरीले जनाएको छ। उनलाई बुधबार पक्राउ गरिएको हो।

सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको बसलाई सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले जानकारी दिए।

प्रहरीका अनुसार बरामद च्याउको कुल तौल ७४ किलोग्राम रहेको छ।

बरामद च्याउको ओसारपसार तथा त्यससँग सम्बन्धित अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पक्राउ परेकी बुढामाथि प्रचलित कानुनअनुसार थप अनुसन्धान अघि बढाइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button