उत्तर कोरिया-रूस सैनिक अवस्था बमोजिम आवश्यक कदमबारे विचार-विमर्श: दक्षिण कोरिया

दक्षिण कोरियाली राष्ट्रिय प्रतिरक्षा मन्त्रालयले २१ तारिख जनाएअनुसार, उत्तर कोरियाले रूसको युद्धमा सहायता दिन विशेष फौजलाई पठाएको कुरा संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को निर्णय प्रस्ताव विपरीत भएको ठहर गरेको छ।

दक्षिण कोरियाली राष्ट्रिय प्रतिरक्षा मन्त्रालयका प्रवक्ता गुक ह्वाङ जेङले पत्रकार सम्मेलनमा उत्तर कोरियाले रूस-युक्रेन युद्धमा भाग लिन आफ्नो सेना पठाउने जस्तो गतिविधिको अन्तर्राष्ट्रिय समाजले निन्दा गर्नुपर्ने भन्दै कडा शब्दमा निन्दा गर्नुभयो। साथै उहाँले तत्काल सो कारवाई बन्द गर्न उत्तर कोरियालाई चेतावनी दिएको बताउनुभयो।

दक्षिण कोरिया सरकारले युक्रेनतर्फ विनाशकारी हतियार प्रदान गर्ने विचार गरेको छ कि छैन भन्ने विषयबारे चर्चा गर्दै प्रवक्ता गुक ह्वाङ जेङले उत्तर-रूस सैनिक सहकार्यको अवस्था बमोजिम आवश्यक कदमबारे छलफल गर्ने कुरा पनि जनाउनुभएको छ।

हालसम्म उत्तर कोरियाले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

CRI

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button