१७ भाद्र २०८३, बुधबार

रोल्पामा चट्याङ लागेर ५९ वर्षीय पुरुषको मृत्यु

ड्रागन मिडिया सम्वाददाता

रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएका थिए।

चट्याङ लागेपछि उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button